सभापति देउवाद्वारा अमिलियामा कांग्रेस नेता स्व.खुमबहादुर खड्काको सालिक अनावरण
लमही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिवंगत नेता खुमबहादुर खड्काको सालिक अनावरण गरेका छन् ।
शुक्रबार दाङको देउखुरी, लमही नगरपालिका वडा नं. ९ अमिलियामा सभापति देउवाले स्व.खड्काको सालिक अनावरण गरेका हुन् । सालिक अनावरण कार्यक्रममा स्व.खुमबहादुर खड्काका छोरा अनुराग खड्का र परिवारजनको पनि उपस्थिति रहेको थियो ।
सालिक अनावरण कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । दाङ जिल्लाको विकासमा कांग्रेसका नेता स्व.खड्काको महत्वपूर्ण योगदान र भूमिका छ । स्व.खड्काले दाङलाई दिएको योगदानको कदरस्वरुप कांग्रेसले सालिक अनावरण गरेर सम्मान गरेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सह–महामन्त्रीद्वय महालक्ष्मी उपाध्याय ‘डीना’, किशोरसिंह राठौर, केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुन, दाङ कांग्रेसका सभापति शंकर डाँगी, लुम्बिनी कांग्रेसका उपसभापति राजु खनाल, दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डे, प्यूठान क्षेत्र नं. २ का क्षेत्रीय सभपाति सरोज थापा (रोज राणा) लगायतका नेता कार्यकर्ताको कार्यक्रममा उपस्थिति रहेको थियो ।
सालिकको २०७६ साल चैत १९ गते शिलान्यास गरिएको थियो । सालिक निर्माणका लागि दाङ कांग्रेसका तत्कालीन सभापति कीर्तिबहादुर खड्काको संयोजकत्वमा मूल समिति बनेको थियो ।
दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेयको संयोजकत्वमा सालिक निर्माण उपसमिति पनि बनाइएको थियो ।







बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया