कांग्रेसको सहकारी विभागमा सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा सदस्यहरूमा मनोनयन गरेका छन् ।
शुक्रबार सभापति देउवाले सहकारी विभागमा १० जनालाई सदस्यमा मनोनयन गरेको विज्ञप्तिा उल्लेख छ ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल प्रमुख रहेको नेपाली कांग्रेस सहकारी विभागले सदस्यहरू पाएको छ ।
विभागमा मनोनयन हुनेहरूमा भानुभक्त ढकाल (बागमती प्रदेश), चन्द्रप्रसाद ढकाल (लुम्बिनी प्रदेश), डिल्लीराम तिवारी ((गण्डकी प्रदेश), राजेन्द्र पौडेल (बागमती प्रदेश), गोमा नेपाल (कोशी प्रदेश) मनोनयन भएका छन् ।
विभागको सदस्यमा पदम दाहाल (कर्णाली प्रदेश), विश्वप्रकाश पौडेल (सुदूरपश्चिम प्रदेश), शम्भु घिमिरे (बागमती प्रदेश), नवराज न्यौपाने (लुम्बिनी प्रदेश) र कृष्ण खनाल (कोशी प्रदेश)लाई पनि मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया