तरुण दलको ५औँ महाधिवेशन एक वर्षभित्र गर्ने प्रस्तावसहितको कार्यतालिका पेस

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विक्रम संवत् २०८१ चैत महिनाभित्र केन्द्रीय महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाएका छन् ।

ललितपुरको कुपण्डोलमा बिहीबार बसेको तरुण दलको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष गुरुङद्वारा प्रस्तावको कार्यतालिकामा ०८१ भित्र केन्द्रीय महाधिवेशन गरिसक्ने उल्लेख छ ।

अध्यक्ष गुरुङले नेपाल तरुण दलको पाँचौं राष्ट्रिय महाधिवेशनको कार्यतालिका पेस गरेपछि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन् ।

अध्यक्ष गुरुङले नेपाल तरूण दलको पाँचौ महाधिवेशन आजैका मितिबाट सुरु भएको बताएका छन् । बैठकमा जजरकोट भूकम्पमा सहयोग गर्ने सबैमा धन्यवाद प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

पाँचौँ महाधिवेशनका लागि ५ सदस्यीय विधान मस्यौदा समिति बनाउन अध्यक्ष गुरुङले प्रस्ताव गरेका छन् समितिको सदस्य सचिवमा तरुण दल केन्द्रीय कार्यालयका मुख्य सचिव ठानप्रसाद पोखरेललाई प्रस्ताव गरिएको छ ।

जेठ २७–२८ गते अर्को बैठक बस्नुपर्ने प्रस्ताव गरिएको छ । ७७ जिल्लामा प्रतिनिधि खटाउने, जेठ ५ गतेभित्र विधानको राय दिने प्रस्तावमा उल्लेख छ । जेठ १५ गतेभित्र समितिले विधान मस्यौदा अध्यक्षलाई बुझाउने भनिएको छ ।

असार मसान्तभित्र पार्टीले लागू गरेको कार्यक्रम कार्यान्वयन गर्ने, असार र साउन तरूण अभियान चलाउने, जहाँ विपद् त्यहाँ तरूण अभियान चलाउने, जहाँ कृषि त्यहाँ तरूण दल अभियान चलाउन पनि प्रस्ताव गरिएको छ ।

साउन १५ गतेदेखि पूर्णकालीन वितरण, २०८१ असोज मसान्तसम्म ६७२७ सबै वडाको अधिवेशन सम्पन्न गर्ने, कार्तिक र मंसिरमा पालिका अधिबेशन गर्न प्रस्ताव गरिएको छ ।

पुस र माघमा क्षेत्र र प्रदेससभा अधिवेशन गर्ने, माघ मसान्तसम्म ७७ जिल्ला अधिवेशन, फागुन र चैतभित्र ७ प्रदेश र केन्द्रीय अधिवेशन गर्न अध्यक्ष गुरुङले प्रस्ताव गरेका छन् । तरुण दलको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बिहान ८ बजे पुनः बस्नेछ ।

Published : Thursday, 2024 March 28, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया