यो समीकरणलाई भुलचुकमा पनि गठबन्धन नभन्नुहोला, गठबन्धन होइन : ओली
काठमाडौं । नयाँ गठबन्धनभित्र खटपट शुरु भएको भनेर चर्चा भइरहेका बेला एमालेका अध्यक्ष केपी ओलीले एमालेले कसैसँग घाँटी नजोडेको टिप्पणी गरेका छन् ।
बिहीबार एमाले झापाको ११औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै ओलीले अहिले नयाँ समीकरण निश्चित उद्देश्यको लागि मात्रै सहकार्य भएको बताए ।
‘गठबन्धन फुट्ने भएपछि हामीले थामेका हौं’, ओलीले भने, ‘यो समीकरणलाई भुलचुकमा पनि गठबन्धन नभन्नुहोला यो गठबन्धन होइन ।’
उनले भने, ‘कसैको कसैसँग घाँटी जोडिएको छैन । यो गठबन्धन जस्तो घिनलाग्दो कुरा होइन यो ।’
‘हिजोका गठबन्धन एमालेविरुद्ध थियो । तर, यो कसैको विरुद्ध होइन’, ओलीले भने, ‘यो समीकरण देश विकासको लागि हो । हामी एक ठाउँमा छौं ।’
एमालेका अध्यक्ष ओलीले भने, ‘एउटा उद्देश्यका लागि सहयात्रा गरेका हौं । हामीले संकल्पपत्र पनि सार्वजनिक गरिसकेका छौं ।’
‘यो समीकरण अनुकूल छ’, उनले भने, ‘एमाले आफ्नो नीति र हैसियताका साथ अगाडि बढेको छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ताका समाचार आइरहेका बेला एमालेका अध्यक्ष ओलीले गठबन्धन नभन्न आफ्ना नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया