एमालेसँग नयाँ गठबन्धन बनेपछि पहिलो पटक देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले)सँग कम्युनिस्ट नयाँ गठबन्धन बनेपछि पहिलो पटक प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता भएको हो । उनीहरूका बीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको स्रोतले जनाएको छ ।

उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको थियो । भेटमा भएका कुराकानीका विषयमा केही भनिएको छैन ।

संसदलाई नियमित चलाउने र विचाराधीन कानूनहरू पारित गर्ने विषयमा उनीहरूका बीच छलफल भएको बुझिएको छ ।

फागुन २१ गते कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेपछि उनीहरूका बीच भएको भेटले राजनीतिमा तरंग ल्याइदिएको छ ।

Published : Thursday, 2024 March 28, 12:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया