कांग्रेस नेतृ डा.आरजु राणाको सफलताका साथ शल्यक्रिया, स्वास्थ्य अवस्था सुधारोन्मुख
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाको सफलताका साथ शल्यक्रिया सम्पन्न भएको छ ।
भारतको राजधानी नयाँदिल्लीस्थित म्याक्स हस्पिटल, स्केटमा बुधबार हाइपर पाराथाइइडिजमको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ ।
डा.राणाका स्वकीय सचिव कमल रावलद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार डा.राणाले शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ ।
सभापति डा.राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । चिकित्सकहरूको सल्लाहअनुसार अझै केही समय अस्पतालमा उपचार गराउने स्वकीय सचिव रावलले बताए ।
उपचारका लागि कांग्रेस नेतृ डा.राणा चैत २ गते नयाँदिल्ली प्रस्थान गरेकी थिइन् ।

Published : Thursday, 2024 March 28, 12:26 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया