सभापति देउवाद्वारा डा.रावल नेतृत्वको विभागमा १० सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गैर सरकारी संस्था समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. रणबहादुर रावल प्रमुख रहेको नेपाली कांग्रेस गैर सरकारी संस्था समन्वय विभागको सदस्यमा १० जना व्यक्तिहरूलाई मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मनोनयन हुनेहरूमा डिल्लीराम गिरी (मोरङ), परमेश्वर महासेठ (धनुषा), सकुन्दराज आर्याल (काठमाडौं), प्रल्हादवावु पन्त (गोरखा), यज्ञश्वर पौडेल (कास्की) रहेका छन् ।

चूर्णबहादुर चौधरी (दाङ), भैरवबहादुर विष्ट (वर्दिया), तिलकबहादुर मल्ल (मुगु), अम्बीकुमारी थापा (अछाम) र उत्तमराज जोशी (कैलाली) सदस्यमा मनोनीत भएका छन् ।

Published : Tuesday, 2024 March 26, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया