महानिर्देशक अधिकारीले ‘सुपारी’ दिएर सक्काउने, सिनामङ्गल र बबरमहलमा ‘सुराकी’हरू परिचालन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी चौतर्फी रुपमा एक्लिएर विवादमा पर्दै जान थालेपछि सञ्चारमाध्यम र पत्रकारहरूलाई सूची बनाएर बदला लिने गतिविधिमा लागेका छन् ।

महानिर्देशक अधिकारीले आफूलाई सहयोग गर्ने र सहयोग नगर्ने अनलाइनहरूको सूची बनाउन लगाएका छन् ।

स्रोतका अनुसार एकजना कार्यालय सहयोगीलाई आफ्ना समर्थक र विरोधी अनलाइनहरूको सूची बनाउन जिम्मेवारी दिएका छन् ।

स्रोतले भन्यो, ‘महानिर्देशकको कार्यालयका एकजना सहयोगीलाई मानिर्देशक प्रदीप अधिकारीको विरुद्द लेख्ने मिडियाको नाम लिष्ट दिन भन्नु भएको छ ।’

महानिर्देशक अधिकारीले ‘रिपब्लिका दैनिक डटकम’, ‘जनआस्था साप्ताहिक’ र ‘जनआस्था अनलाइन’लाई कुनैदिन देखाइदिने भनेर आफू निकटका केही कर्मचारीहरूसँग कार्यालयभित्रै धम्की दिएका छन् ।

नागरिक उड्डयन प्राधिकरणको दुइटै कार्यालयमा अनलाइन न्यूज पोर्टलहरूको समाचारमा महानिर्देशक अधिकारीले सेन्सर लगाएका छन् ।

महानिर्देशक अधिकारीले प्राधिकरणको सिनामङ्गल र बबरमहलको कार्यालयमा कर्मचारीहरूलाई डाटा प्रयोग गरेर पनि अनलाइन न्यूज पोर्टलहरू हेर्न दिएका छैनन् ।

डाटा प्रयोग गरेर अनलाइनका समाचार पढ्ने कर्मचारीहरूका बारेमा जानकारी दिन महानिर्देशक अधिकारीले सुराकी परिचालन गरेका छन् ।

महानिर्देशक अधिकारीले आफूले पालेका केहि पत्रकार र मिडियालाई नेपाल वायुसेवा निगम र त्यसका कार्यकार्यरी अध्यक्ष युवराज अधिकारीको बेइज्जती हुनेगरी समाचार लेख्न लगाएको आरोप छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नयाँ मन्त्री हितबहादुर तामाङ आउनासाथ महानिर्देशक अधिकारीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउन जोडबल गरेको चर्चा प्राधिकरणभित्र छ ।

उमा कन्स्ट्रकसनका प्रेम ढकालसंगको उठबस र लगानीबारे मिडियामा आएको समाचारप्रति महानिर्देशक अधिकारी निकै तनाबमा परेका छन् । त्यो समाचार लिक गर्नेको खोजी गर्न महानिर्देशक अधिकारीले सुराकी परिचालन गरेका छन् ।

उमा कन्ट्रक्सन र प्रेम ढकालका विषयमा आफ्नो उजुरीहरू परेको बारे उजुरीकर्ता कुनै पनि हालतमा पत्ता लगाई छाड्ने महानिर्देशक अधिकारीले बताउने गरेका छन् ।

महानिर्देशक अधिकारीले उनीहरूलाई सुपारी दिएर पनि सक्काउने धम्की दिएको स्रोतको भनाइ छ ।

Published : Tuesday, 2024 March 26, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया