इलाम २ को उपनिर्वाचनमा कांग्रेसबाट को–को आकांक्षी ?
इलाम । नेपाली कांग्रेसले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा पठाएको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिका सभापति उद्धव थापाले आकांक्षीहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको बताएका छन् ।
सभापति थापाका अनुसार ५ जना पुरुष र २ जना महिलाको नाम कोशीले केन्द्रीय कार्यालय सानेपा पठाएको छ ।
टिकटका लागि आकांक्षीहरूमा नेपाली कांग्रेस इलामका जिल्ला सभापति डम्बरबहादुर खड्का पहिलो नम्बरमा छन् । खड्काले यसअघि पनि टिकट पाएका थिए । एमालेका सुवासचन्द्र नेम्वाङसँग खड्काले झिनो मतले पराजित भएका थिए । सभापति खड्का इलाममा लोकप्रिय मानिन्छन् ।
टिकट दाबी गर्नेहरूमा भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङ रहेका छन् ।
भदौ २६ गते एमालेका नेता समेत रहेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नं. २ मा उपनिर्वाचन हुन लागेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया