कांग्रेसले चट्टान सरह अडान राखेपछि तानबमा गृहमन्त्री लामिछाने, व्यक्तिगत लाञ्छनामा उत्रिए

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछाने निकै तनाबमा परेका छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध प्रशस्त प्रमाणहरू रहेको भनेर संसदीय छानविन समिति गठनको माग गरेपछि लामिछाने डराएका छन् । लामिछाने बरबराउन थालेका छन् ।

सहकारी पीडितका लागि प्रतिनिधि सभामा कांग्रेसले छानविन समितिको माग राखेर जबरजस्त रुपमा अडान राखेपछि गृहमन्त्री लामिछानेको सातोपुत्लो उडेको छ । लामिछानेले कांग्रेसका नेताहरूविरुद्ध व्यक्तिगत रुपमा आलोचना र टिकाटिप्पणीमा उत्रिन थालेका छन् ।

हतास मनस्थितिमा देखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री लामिछानेले कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि निकै तल्लोस्तरमा उत्रिएर टिप्पणी गरेका छन् ।

थापालाई उनले बाख्रा प्रकरणसँग जोडेर होच्याउने हर्कत गरेका छन् । त्यति मात्रै होइन महामन्त्री थापालाई काठमाडौं क्षेत्र नं. ४ मा बसह गर्न तयार रहेको चुनौती दिएका छन् ।

गृहमन्त्री लामिछानेलाई के जानकारी हुनुपर्छ भने अमेरिकामा उनले भौतारिरहेकाका बेला थापाले नेविसंघबाट राजनीति शुरु गरिरहेका थिए ।

महामन्त्री थापा दुई वटा नागरिकता र राहदानी कीर्ते काण्डमा जोडिएका छैनन् । सहकारीको रकम दुरुपयोग प्रकरणमा जोडिएका छैनन् । थापाले कसैसँग बार्गेनिङ पनि गरेका छैनन् । अमेरिकामा पुगेर धेरै मान्छेलाई ठगी पनि गरेका छैनन् ।

कांग्रेसले आलोचना गरेपछि बरबराउन थालेका गृहमन्त्री लामिछानेको कीर्ते काण्डहरू थुप्रै छन् । आफ्नो आलोचना भएको सुन्नै नसक्ने लामिछानेले आफूलाई सम्हाल्नुपर्छ ।

विगतमा जस्तो लामिछानेको पक्षमा जनता छैनन् । कीर्ते काण्ड, सहकारी काण्ड, अमेरिका काण्ड लगायतका काण्डै काण्ड बाहिर आउन थालेपछि लामिछानेको लोकप्रियतामा क्रमशः ह्रास आउन थालेको छ । यो कुरा राम्रोसँग लामिछानेले बुझ्न जरुरी छ ।

Published : Sunday, 2024 March 24, 1:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया