गृहमन्त्री लामिछानेद्वारा कांग्रेस महामन्त्री थापाको अपमान, बाख्राको कथा सुनाए, कुर्सीको स्वाद थाहा पाए

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बाख्राको विषय उठाएर अपमान गर्ने प्रयास गरेका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै सभापति समेत रहेका लामिछानेले सहकारी ठगी प्रकरणमा कांग्रेसले संसदीय छानविन समिति बनाउन माग गरेकोमा असन्तुष्टि जनाउँदै महामन्त्री थापालई बाख्रा प्रकरणको कुरा उठाएर मनभित्रको भडास पोखेका छन् ।

लामिछानेले भने, ‘मलाई तपाईले भनेको ठाउँमा, तपाईले भनेको मितिमा बोलाउनु होस् र प्रमाणित गरिदिनु होस् । तपाई यो देशमा भएभरका लएरहरू, तपाईका पार्टीका भएभरका सम्पूर्ण प्रभावशाली नेताहरू बोकेर आउनु होला ।’

उनले भने, ‘भएभरका सम्पूर्ण प्रमाणहरू ल्याएर आउनु होला । म एक्लै आउँछु । सदनमा तपाईले कनिकनि, लेखीलेखी बोल्न लगाइएका प्रश्नहरू मैले सुनिरहेको छु ।’

‘मैले जवाफ दिन पाएको छैन । सदनमा जवाफ दिन पाउँ भनेको छु । तपाईलाई थाहा छ ९ मिनट १८ सेकेण्डमा तपाईका सबै प्रश्नहरू निस्तेज हुनेछन्’, उनले भने ।

‘तपाई मलाई किन बोल्न दिनु हुन्थ्यो र ? ठीक छ । तपाई पनि जनताको मान्छे । म पनि जनताको मान्छे’, उनले भने, ‘तपाईलाई निर्वाचित गर्ने तपाईकै निर्वाचन क्षेत्रका मान्छेका अगाडि उभिएर म तपाईसँग बहस गर्न चाहन्छु । तपाई आफ्ना भएरभरका विज्ञसहित आउनु होला ।’

उनले भने, ‘भएभरका प्रमाण बोकेर आउनु होला । म एक्लै आउँछु । आम जनताले हेरुन् । र, त्यो इभेन्ट लाईभ गर्नु होला । सम्पूर्ण देशले हेरोस् । दुधको दुध पानीको पानी छुट्टियोस् ।’

उनले भने, ‘नेपाली कांग्रेस जस्तो इतिहाँस बोकेको पार्टी कुन चिर्कटमा उभिएको छभनने कुरा नेपाली जनताले राम्रोसँग हेरुन् । म त्यो अवसरको अपेक्षा गर्दछु ।’

‘संसदीय समितिमा बोलाए हुन्छ । अनुसन्धान गर्ने अधिकारीहरू त्यहिँ हुनुहुन्छ । हेरोस् कांग्रेसले । जुन सहकारीको मुद्दामा अदालतमा मुद्दा गएको छ’, उनले भने, ‘त्यो मुद्दामा रवि लामिछाने भन्ने मान्छे प्रतिवादी हो कि होइन ? कांग्रेसले हेरोस् । अनि मात्रै कुरा गरोस् ।’

‘जुन मुद्दामा अहिले बहस चलेको छ जहाँ मैले ऋण लियो भनिएको छ त्यो ऋण लिएको हो कि होइन रहेछ ? त्यो कुरा सबै प्रमाण बोकेर आओस् । म बहस गर्न तयार छु । मलाई प्रमाणित गरिदिए हुन्छ ।’

गृहमन्त्री लामिछानेले भने, ‘यो बहस काठमाडौंको क्षेत्र नं. ४ मा भयो भने मलाई अझ सहज हुन्छ । त्यहाँका जनताले थाहा पाउनु । त्यहाँका मतदाताले थाहा पाउनुपर्छ । कि जसलाई ठगीको आरोप सिङ्गो सदनमा लगाइएको छ ।’

‘ठगी त्यसले गरेको छ कि ? अरु कसैले गरेको छ ? म यो कठघरामा उभिन चाहन्छु’, उनले भने, ‘हैन त्यस्तो आयोजना कसैले गर्दैन, चाहँदैन रास्वपाले आयोजना गर्छ र त्यहाँका जनताले मलाई प्रश्न गरुन् कि तिमले के के ग¥यौँ ?’

उनले भने, ‘म पौडिएर जवाफ दिन चाहन्छु । कहिले काहिँ गलत कुरा पटक पटक भनिरहेह्यो भने के हुन्छ भने त्यो सहि हुन्छ कि भन्ने एउटा थ्यौरी हुन्छ । त्यो थ्यौरी लाग्या जस्तो ।’

बिगतमा महामन्त्री थापाले बाख्रा पालन गरेका थिए । बाख्रा पालनमा थापाले घोटाला गरेको भनेर आरोप लाग्दै आएको छ । गृहमन्त्री लामिछानेले पनि महामन्त्री थापालाई बाख्रा पालनमा घोटाला गरेको भनेर सांकेतिक रुपमा आक्षेप लगाएका छन् ।

गृहमन्त्री थापाले भने, ‘एउटा कथा सुनिएको थियो नि… काँधमा एउटा खसी की बाख्रा…खसी बोकेर हिँडिरहेको मान्छे…। अनि त्यो कथा नै हो है अन्यथा नलिनु । त्यस्तै परेछ संयोग…त्यो हैन है फेरि ।’

‘त्यो काँधमा बोकेर गएकोलाई के भन्यो भने केही ठगहरू मिलेर बाटोमा त्यो खसी खान पाउँला भनेर…यो कुकुर बोकेर कहाँ गएको भनेर भन्छन् नि । सहकारी ठग पनि त्यही भनिरहेका छन्’, उनले भने ।

‘खसी बोकेर हिँड्या छ, ए कुकुर बोकेर कहाँ जान लाग्यो ? भन्या छ । खसीलाई कुकुर भनेर फ्वात्त फालिदिन्छ’, उनले भने ।

लामिछानेले अब आफूले पदबाट राजीनामा नदिने प्रष्ट पारेका छन् । उनले बाख्रा र कुकुरको कथा हालेर कांग्रेसले राजीनामा माग गरेकै भरमा राजीनामा नदिने बताए ।

‘त्यो कथा त धेरै पुरानो हो साथी । अब त खसी खान पाइँदैन । मलाई थाहा छ यो कुकुर होइन, खसी हो’, लामिछानेले भने, ‘अब त्यो खसी खान मिल्दैन । त्यो बोक्ने मान्छे बेकुफ थियो होला । रवि लामिछाने त्यति बेकुब मान्छे होइन ।’

Published : Saturday, 2024 March 23, 11:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया