फागु पर्वले मेलमिलाप, सदभावना, सुख, शान्ति र समृद्धि सिर्जना गर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागु पर्व अर्थात् होलीको शुभकामना दिएका छन् ।

शनिबार साँझ शुभकामना सन्देश जारी गरेर देउवाले भने, ‘नेपालको हिमाल, पहाड र तराईका जिल्लामा अत्यन्त हर्षोल्लासका साथ एक अर्कालाई रङ्ग लगाई खुसियाली साटासाट गर्दै खेलिने फागु पर्व होलीको पावन अवसरमा म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।’

‘फागु पर्व (होली)मा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपले विविधतापूर्ण रहेको छ’, उनले भनिन् ।

‘यही विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको छ’, देउवाले भने, ‘फागु पर्व (होली) हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो ।’

उनले भने, ‘अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ ।’

सभापति देउवाले भने, ‘वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको फागु पर्व (होली) ले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सदभाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै पुनः शुभकामना व्यक्त गर्दछु ।’

आइतबार पहाडी जिल्लाहरूमा होली पर्व हर्सोल्लासका साथ मनाइँदैछ । सोमबार तराईका जिल्लाहरूमा होली पर्व मनाइनेछ ।

Published : Saturday, 2024 March 23, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया