सीआईबीकी विवादास्पद एआईजी बज्राचार्यको पद खोसियो, ज्ञवालीलाई जिम्मेवारी

काठमाडौं । सुन तस्करी प्रकरणमा विवादास्पद अनुसन्धान गरेर दोषीलाई छुटाएपछि सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को निर्देशकबाट (एआईजी) किरण बज्राचार्यलाई हटाएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले एआईजी बज्राचार्यलाई सीआईबीको प्रमुखबाट हटाएको हो । सरकारले सीआईबीको जिम्मेवारी एआईजी श्यामलाल ज्ञवालीलाई दिएको छ । एआईजी बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिइएको छ ।

सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि जिम्मेवारीबाट हटाउने तयारी भएको थियो ।

आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याउँदै सीआईबीकी निर्देशक बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रूगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ ।

Published : Friday, 2024 March 15, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया