कम्युनिस्ट गठबन्धन बनेपछि सभापति देउवाद्वारा लोकतान्त्रिक शक्तिहरूसँग परामर्श
काठमाडौं । कम्युनिस्टहरूले नयाँ गठबन्धन बनाएर सरकार गठन गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक शक्तिहरूसँग भावी रणनीतिलाई लिएर परामर्श गरेका छन् ।
बुधबार आफ्नै निवास बुढानिलकण्ठमा सभापति देउवा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसँग छलफल गरेका हुन् । उनीहरूका बीच केन्द्रीय राजनीति, प्रतिनिधिसभा र प्रदेश सरकारहरूको समीकरणका विषयमा छलफल भएको छ ।
बैठकमा कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइराला, प्रमुख सचेतक रमेश लेखकको सहभागिता रहेका रहेको थियो ।
पछिल्लो राजनीतिक अवस्था र लोकतन्त्र शक्तिलाई बचाएर लोकतन्त्रको रक्षाका लागि कम्युनिस्ट सरकारलाई खबरदारी गर्ने लगायतमा छलफलहरू भएका छन् ।
प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन गठबन्धन भत्काएर एमालेसँग कम्युनिस्ट गठबन्धन बनाएपछि केन्द्र र प्रदेश सरकारहरू भत्किएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया