स्कटल्यान्डमा शिक्षा र आँचलको मृत्यु
लन्डन । स्कटल्यान्डको एबरडिन सहरमा आगलागीमा परी २२ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको मृत्यु भएको छ ।
गत सोमबार एबरडिनको ब्याक हिल्टन रोडमा बस्ने शिक्षा र आँचलको मृत्यु भएको हो । उनीहरु दिदी बहिनी हुन् ।
छिमेकीको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका उनीहरु आत्तिँदै भुईंतलामा झर्दा धुँवाको मुस्लोले निस्सासिएर बेहोस भएका थिए ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले बेहोस भएका शिक्षा र आँचलको घटनास्थलमै मृत्यु भएको बताएका छन् ।
शिक्षा र आँचल पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक डा. यज्ञराज सुवेदीका छोरीहरू हुन् । नेपाल पोखरा घर भएका सुवेदी परिवार लामो समयदेखि एबरडिनमा बस्दै आएको छ ।
ज्यान गुमाएका माइली र कान्छी दिदीबहिनी, बाबुआमा र ठूली दिदी तीन बेग्लाबेग्लै फ्ल्याटमा बस्ने गरेको स्कटल्यान्डको सोसल सेक्युरिटी विभागमा कार्यरत कर्मचारी अनल गौतमले जनाए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया