डुम्रीका डम्बर साह पक्राउ
काठमाडौं । अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको राजविराज नगरपालिका–१० डुम्री ठेगाना भएका २६ वर्षीय डम्बर साहलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाँचथर फिदिमको समन्वयमा पाँचथर फिदिम नगरपालिका–१ अस्पताल चोकबाट पक्राउ गरेको हो ।
साहले ह्वाटस् एप, फेसबुक, इमो जस्ता समाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिलाई पार्सल पठाईदिन्छु भनि ठगी गर्ने गरेको, पीडकहरूले साहले संचालन गरेको खातामा रकम पठाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
साहविरूद्ध ३४ जनाको उजुरी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया