बाँदर नियन्त्रणबारे अध्ययन गर्न पशु चिकित्सक र वनका रेन्जर भारत जाने
काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदरको नियन्त्रणबारे अध्ययन गर्न चिकित्सक र सांसदहरूको टोली भारत पठाउन लागेको छ ।
समितिको टोली हिमाञ्चल राज्यमा जानेछ । समितिका सदस्यहरू, १० जना पशु चिकित्सक र ५ जना वनका रेन्जर टोलीमा रहेनछन् ।
समितिकी सभापति डा.आरजु राणा देउवाको पहलमा भारतीय पक्षले नै समितिका सदस्यहरू, १० जना पशु चिकित्सक र ५ जना वनका रेन्जरलाई अध्ययनका लागि बोलाएको हो ।
समितिका अनुसार भारतीय पक्षबाट भ्रमणको मिति तय गर्ने र पठाउने भन्ने भएको छ ।
समितिको बैठकमा बाँदर नियन्त्रणको विषयमा सांसदहरुले आवाज उठाएका थिए । बाँदरका कारण किसानका बाली नष्ट भएको भन्दै नियन्त्रणका लागि राज्यले पहलकदमी लिनुपर्ने उनीहरूको माग थियो ।
बाँदरले गाउँका किसानहरुको बालिनाली खाएर नोक्सानी गरिदिएपछि निकै चिन्ताको विषय बनेको छ । बाँदरबाट हुने नोक्सानी र क्षतिलाई न्यूनीकरण गर्नेबारे भारतसँग जानकारी लिन टोली त्यसतर्फ जान लागेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया