दुई करोड इन्साइडर ट्रेडिङ कसूरमा गुरुप्रसाद र कुवेरविरुद्ध मुद्दा
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुरले पहिलो पटक इन्साइडर ट्रेडिङ कसूरमा गुरुप्रसाद न्यौपानेविरुद्ध विशेषअदालतमा मुद्दा दायर गरेको छ ।
सम्पत्ति शुद्धीकरणको कसूरमा प्रारम्भीक जाँचबुझ तथा अनुसन्धान हुँदा रिडी पावर कम्पनी लिमिटेडका लागि तत्कालीन अध्यक्ष न्यौपानेले उक्त कम्पनीको शेयर पदमा बहाल रहँदा भित्री कारोबार गरेको देखिएको विज्ञप्तिमा उल्लेख छ ।
न्यौपानेले अर्का प्रतिवादी कुवेरमणि नेपालको सहजीकरण र मिलोमतोमा १ करोड ९९ लाख १० हजार २ सय ५२ रुपियाँ रकम जानीजानी प्राप्ति, धारण एवम् निःसर्ग समेत गरी मनी लाउण्डरिङ गरेको अभियोग विभागले लगाएको छ ।
न्यौपानेविरुद्ध मनी लाउण्डरिङको अभियोगमा विभागले रोक्का राखिएको सम्पत्तिमध्येबाट जफत हुने र अर्का प्रतिवादी कुवेरमणि नेपालविरुद्ध विशेष अदालत काठमाडौं समक्ष कात्तिकको २४ गते अभियोगपत्र दायर गरेको जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया