बागलुङकी लक्ष्मी ललितपुरबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ ।
सीआईबीको टोलीले सुनारलाई ललितपुर महानगरपालिका वडा नम्बर ३ धोबिघाटबाट बिहीबार पक्राउ पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि सुनारसहित सञ्चालक समितिका पदाधिकारीको खोजी भइरहेको थियो ।
बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका देवकुमार नेपालीसहितका पदाधिकारीहरु फरार छन् । नेपाली र उनकी पत्नीलाई पक्राउ गर्न प्रहरीले रेड कर्नर नोटिस जारी गरेको छ ।
सरिता तिमल्सेनासमेतको संयुक्त जाहेरीमा उक्त सहकारीका संचालक समितिका अध्यक्ष ५१ वर्षका देवकुमार नेपालीसमेत आठ जना भएको सहकारी ऐन २०७४, अन्तर्गतको कसुरमा उनीहरुलाई पक्राउ गर्नको लागी बागलुङ जिल्ला अदालतले गत जेठ २४ गते पक्राउ गर्नका लागि अनुमति दिएको थियो ।
सहकारीका संचालक समितिका अध्यक्ष नेपालीसमेत आठ जनालाई खोजतलास गर्ने क्रममा सुनारलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवम प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार २७ वर्षका सुनार बागलुङको निसीखोला गाँउपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया