रूक्मा थापा जुवा खेल्दा खेल्दै पक्राउ, ओखलढुङ्गा र काठमाडौंमा प्रहरी छापा
काठमाडौं । ओखलढुङ्गा र काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-७ सिफल डेरा गरी बस्ने तनँहु घर भएकी ५४ वर्षीया रूक्मा थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापा समेत १० जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९३ हजार २ सय रूपियाँ र ८ बुक ताससहित पक्राउ गरेको छ ।
उता, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-११ मिलनचोक बस्ने ५० वर्षीय कोटिकाबहादुर गिरीको माया होटलमा जुवातास खेलिरहेको अवस्थामा गिरीसहित ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ६ सय २० रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया