एक हजार सशस्त्र प्रहरीद्वारा देशभरका इकाईहरूमा रक्तदान

काठमाडौं । २३औँ सशस्त्र प्रहरी दिवस २०८० को पूर्वसन्ध्यामा देशभरका इकाईहरूमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल एपीएफ अस्पताल बलम्बुको आयोजनामा सोमबार प्रधान कार्यालय तथा बाहिनी मुख्यालयहरू र मातहत इकाईहरूमा गरी कुल एक हजार ४७ जनाले रक्तदान गरेका छन् ।

प्रधान कार्यालयअन्तर्गत १ सय १५ जना सशस्त्र प्रहरी कर्मचारीहरूले रक्तदान गरेका छन् । नं. १ बराह बाहिनी मुख्यालय सुनसरी तथा मातहतहरूबाट १ सय २० जना, नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहत इकाईहरूबाट २ सय ४५ जनाले रक्तदान गरेका छन् ।

नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर तथा मातहत इकाईहरूबाट १ सय ९८ जनाले रक्तदान गरेका छन् ।

नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की तथा मातहत ईकाहरूबाट ७० जना, नंं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही तथा मातहत इकाईहरूबाट १ सय ३१ जनाले रक्तदान गरेका छन् ।

नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत तथा मातहत इकाईहरूबाट ३१ जना, नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली तथा मातहत इकाईहरूबाट १ सय ११ जना र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं तथा मातहत इकाईहरूबाट २६ जनाले रक्तदान गरेका छन् ।

Published : Tuesday, 2024 January 23, 8:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया