पेस्तोल र गोलीसहित दुई जना पक्राउ
हेटौँडा । मकवानपुर जिल्लामा पेस्तोल र गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उप–महानगरपालिका–१५ रातोमाटेबाट पेस्तोल १ थान, गोली १ थान र सेतो रंगको पाउडर जस्तो धुलो पदार्थ करिब २ किलो ७ सय ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा बाजुराको हिमाली नगरपालिका–१ बस्ने ३१ वर्षीय देवबहादुर थापा र नवलपुरको कावासोती नगरपलिका–५ बस्ने ५७ वर्षीय वीरबहादुर थापा मगर रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले चितवनबाट काकडभिट्टातर्फ जाँदै गरेको मे.१ ख २५३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको छ ।
Published : Friday, 2024 January 19, 9:39 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया