राराको मन्दुमा आमासहित चार छोराछोरीको हत्या, अनुसन्धानमा कुकुर परिचालन

काठमाडौं । मुगु जिल्लामा चार जनाको हत्या भएको अवस्थामा शुक्रबार बिहान शवहरु फेला परेको प्रहरीले जनाएको छ ।

छायाँनाथ रारा नगरपालिका–६ मन्दु बस्ने २८ वर्षीया श्रीदेवी बोहोरासहित दुई छोरा र एक छोरीको हत्या भएको अवस्थामा शव भेटिएको प्रहरीद्धारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

श्रीदेवी बोहराका छोराहरू ११ वर्षीय मनोज बोहोरा, १ वर्षीय रहर बोहोरा र उनकी छोरी ७ वर्षीया अप्सरा बोहोरा आफ्नै घरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

चार जनाको घाँटी रेटी हत्या गरेको अवस्थामा उनीहरुको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगु, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट कुकुरसहित खटिएको प्रहरी टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यता, कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ ईदीखोला बस्ने ६२ वर्षीय तुल्सीप्रसाद गौतम घर नजिकै गोरेटो बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

उता, पर्साको वीरगंज महानगरपालिका–२४ बहुअरी बस्ने २७ वर्षीय प्रदीप यादव आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

Published : Friday, 2023 October 27, 5:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया