ग्यालेक्सी टेलिभिजनका अध्यक्ष राई फरार, काठमाडौं प्रहरीले फेलै पार्न सकेन, रविलाई तनाब
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका व्यापारिक साझेदार जीबी राई भनिने गितेन्द्रबाबु राई सहकारी घोटाला काण्डमा मुछिएपछि गिरफ्तार गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीबाट राईविरुद्ध पक्राउ पुर्जीको अनुमति लिएको छ । स्रोतका अनुसार कास्की प्रहरीले राईलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनलाई पनि लेखेर पठाएको छ ।
राईलाई काठमाडौं प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । राई काठमाडौं उपत्यकाभित्र हुने सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुने गरेका छन् । तर, राई काठमाडौं प्रहरीको नजरमा परेको छैन ।
कास्की प्रहरीले राईलाई पक्राउ गर्न धमाधम खोजी गरिरहेको जनाएको छ । प्रहरीले पक्राउ गर्न खोजी गरेको थाहा पाएपछि राईले राजनीतिक शक्ति केन्द्रको शरणमा पुगेका छन् ।
राई अहिले ग्यालेक्सी टेलिभिजनको अध्यक्ष छन् । रवि लामिछाने र जीबी राई मिलेर ग्यालेक्सी टेलिभिजन खोलेका थिए । टेलिभिजन चलाउने क्रममा घाटा लाग्न थालेपछि लामिछानेले टेलिभिजन छाडेर राजनीतिक दल खोलेर बसेका छन् ।
लामिछानेले टेलिभिजन खोल्न उकासेर घाटा लगाएर भागेको आफू निकटका साथीहरूसँग राईले आरोप लगाउने गरेका छन् ।
राई हर्बो इन्टरनेशलको सामान्य कामदारको रूपमा नेटवर्किङ व्यवसायमा प्रवेश गरेका थिए । नेटवर्किङबाट राईले अर्बौंको सम्पत्ति जोडेका थिए । रवि लामिछानेसँग मिलेर ग्यालेक्सी टेलिभिजन खोलेपछि राईको दशा लाग्न शुरु भएको छ ।
राईले १६ अर्बभन्दा धेरै रकम सहकारीको हिनामिना गरेको आरोप छ । राई र उनको गिरोह सात वटा सहकारीमा संलग्न देखिएको छ ।
सहकारी पीडितहरूले राई र उनको गिरोहविरुद्ध कास्की प्रहरीका साथै विभिन्न प्रहरी कार्यालयहरूमा उजुरी दिएका छन् । उजुरी परेपछि ग्यालेक्सी टेलिभिजन देखाएर राईले गतिविधि गरिरहेका छन् ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका वचतकर्ताहरूको रकम अपचलन गरी डेढ अर्ब बढी ठगी गरेको आरोपमा फरार रहेका राईविरुद्ध जिल्ला अदालत पर्साबाट समेत पक्राउ आदेश जारी भएको छ ।
सानो पाइला सहकारीका संस्थापक गितेन्द्र बाबु राई (जीबी), वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनिता श्रेष्ठ, पूर्व उपाध्यक्ष नेहा पौडेल, सचिव देवेन्द्रबाबु राई, पूर्व सचिव तस्विरन मियाँ, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व कोषाध्यक्ष सृष्टि श्रेष्ठ (मानन्धर), सदस्य थान बहादुर बुढा मगर, धिरजकुमार दास, पूर्व सदस्य अशोक यादव, प्रबन्धक असरफ अली सिद्धिकी र कर्जा अधिकृत राधेचन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका मध्ये केही व्यक्ति पक्राउ सकेका छन् ।
ग्यालेक्सी टेलिभिजनका अध्यक्ष राईविरुद्ध सहकारीको रकम दुरुपयोग गरेको अभियोगमा पक्राउ पुर्जी जारी भएपछि रास्वपाका अध्यक्ष लामिछानेलाई तनाब भएको छ । लामिछानेले राईलाई बचाउन सहयोग गरिरहेको आरोप लागेको छ । राई र लामिछाने ग्यालेक्सी टेलिभिजन खोल्ने क्रममा व्यापारिक साझेदारी थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया