कांग्रेसकै नेता र केपी ओलीले ताप्लेजुङ घटना तोडमोड गरे, डीएसपीलाई तत्काल बर्खास्थ गर : जीतजंग बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले सह–महामन्त्री महेन्द्र यादवमाथि खुकरी प्रहार भएको घटनालाई नेपाली कांग्रेसमाथिको प्रहारका रुपमा लिएको बताएका छन् ।
शुक्रबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै बस्नेतले भने, ‘नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भयो । घाइते हुनुभयो । त्यो नेपाली कांग्रेसमाथिको प्रहार हो ।’
‘आज पनि ती व्यक्तिमाथि छानविन गरेर त्यस्ता व्यक्तिलाई अझ कडाभन्दा कडा कारबाही सरकारले गरोस्’, बस्नेतले भने ।
नेपाल तरुण दलका पूर्वअध्यक्ष समेत रहेका नेता बस्नेतले ताप्लेजुङमा कांग्रेसका प्रदेश सांसदमाथि भएको प्रहरी ज्यादतीको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।
उनले भने, ‘ताप्लेजुङको घटना हाम्रा तरुण दलका अध्यक्ष एवम् प्रदेश सभा सदस्यमाथि राति नियोजित ढंगले डीएसपीको नेतृत्वमा, डीएसपीले खटाएको ईन्स्पेक्टरको नेतृत्वमा राति एघार बजे घर पूरै घेरेर उहाँमाथि सांघातिक हमला गर्न गएको छ । त्यसको प्रतिकार स्वरुप उहाँले बोलेको कुरा मात्रै आयो ।’
‘हाम्रा नेताहरूले कतिपयले केही कुरा नबुझिकन भनिदिनुभयो’, कांग्रेस नेता बस्नेतले भने, ‘केपी ओली जो एमालेको पार्टी सभापति हुनुहुन्छ उहाँले पुलिसको पक्षमा लागेर हाम्रो सभासदको विपक्षमा जथाभावी बोल्नुभएको छ । त्यसको म घोर निन्दा पनि गर्न चाहन्छु ।’
बस्नेतले भने, ‘डीएसपीले नियोजित ढंगले हाम्रो सभासद र उहाँको परिवारमाथि जुन आक्रमण गरेको छ त्यो डीएसपीलाई तुरुन्त कार्यस्थलबाट फर्काइयोस् भनि माग गर्न चाहन्छु ।’
नेता बस्नेतले महँगी बढेको भन्दै निरन्तर कालोबजारी बढेको बढै भनेर चिन्ता जनाएका छन् । उनले देशको आर्थिक अवस्था नाजुक रहेको भन्दै दशैँ र तिहार कसरी मनाउने हो भनेर चिन्ता जनाएको विषयमा कांग्रेसले गम्भीर भएर निर्णय लिनुपर्ने बताएका छन् ।
बस्नेतले प्रचण्ड प्रधानमन्त्री भएका बेला नेपाली सेनामाथि कानून विपरितका दवाव र निर्णयहरू गर्ने गरेको भनेर आक्रोश पोखेका छन् ।
उनले भने, ‘जबजब प्रचण्ड प्रधानमन्त्री बन्छन् तब सेनालाई चलाउन थाल्छन् । पहिला पनि रुक्माङगद कटुवाल भयो । अहिले पनि सेनाको पदबी बिग्रेडियर जर्नेल एक जना माओवादीबाट समायोजनामा पर्नुभएको पहिला नै म्याद थप गरिसकेको, नभएको पद पनि केपी ओलीको सरकारको पालामा बिग्रेडियर जर्नेलको तीन वर्ष थपेको, चार वर्ष थपेको छ ।’
‘आज प्रचण्डको सरकार हुँदा ती माओवादी जर्नेलको विषयमा आर्मीले गर्नै नसक्ने ऐन विपरित बिधि र विधान विपरितको काम भएको छ’, बस्नेतले भने, ‘चार वर्षे म्याद थपेको छ । हामीले यो विषयमा बोल्ने कि नबोल्ने ?’
उनले भने, ‘चार वर्षे म्याद थपेको छ । म्याद नै नभएको कुरा भएको छ । यो विषयमा आर्मी पनि असन्तुष्ट छ ।’
‘मेरो परिवार नै आर्मीमा छन् । मलाई बोल्न भनेपछि बोलिदिएको छु’, उनले भने, ‘ऐन विपरित भएको घटनाले कतै कब्जा त गर्ने होइन ? हिजो पनि प्रचण्ड यतैतिर लाग्नुभयो । आज पनि लाग्नुभएको छ ।’
उनले भने, ‘सरकारमा हामीले रक्षामन्त्रीको रुपमा अगाडि आउँछौँ । यो निर्णय क्याबिनेट निर्णयबाट भएको छ । यस्ता घटनाहरूप्रति गम्भीर रुपमा नेपाली कांग्रेसले लिनुपर्छ ।’
उनले भने, ‘वीपी साहित्यमा मात्रै होइन । वीपी भनेको महामानव हो । वीपीले देखाएको आदर्श छन् । वीपीले त्याग छन् । वीपीको जीवनको विषयमा आदर्शमा, उहाँको समाजवादी चिन्तनको विषयमा कुरा गर्नुपर्ने । हामी साहित्यमा मात्रै कुरा राख्छौँ ।’
‘अब मलाई डर के लाग्नु लाग्यो, गणेशमानजी प्रमाणी गर्नु हुन्थ्यो । अब प्रमाणीको विषयमा चर्चा गरौँ भन्ने हो कि ?’, बस्नेतले भने, ‘नेताहको देन त्याग तपस्या र वीपी भनेको परिवारको मात्रै होइन, वीपी भनेको हामी सबैको हो नि ।’
उनले भने, ‘त्यस विषयमा भोलिका दिनमा चर्चा होस्, बहस पनि होस् । सहित्यिक महोत्सव पनि होस् । हामी पनि गरौँ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया