सभापति देउवाद्वारा गुरुङ–परियार र कोइरालासँग परामर्श
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेता उप–सभापति धनराज गुरुङ, सह–महामन्त्री जीवन परियार र नेता शेखर कोइरालाले राजनीतिक विषयमा परामर्श गरेका छन् ।
बुधबार धुम्बाराहीस्थित सभापति देउवाको निवासमा उनीहरूका बीच भेट भएको हो । देउवा र कोइरालाबीच पार्टीको संगठन सुदृढीकरण लगायतका विषयमा कुराकानी भएको छ ।
नियमित केन्द्रीय कार्यसमितिको बैठकअघि पार्टी र राष्ट्रिय राजनीतिमा पार्टीले गरेका निर्णय र समसामयिक राजनीतिक विषयमा सभापति देउवाको ध्यानाकर्षण गराउन नेता कोइराला आफूनिकट पदाधिकारीहरूसहित धुम्बाराही पुगेका थिए ।
उप–सभापति एवं कानूनमन्त्री गुरुङ र सह–महामन्त्री परियार पनि देउवा र कोइरालाबीचको भेटवार्तामा सहभागी थिए ।
सभापति देउवाले बिहीबारदेखि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
बैठकअघि नेता कोइरालाले बैठकका अजेन्डाबारे मंगलबार आफूनिकट नेताहरूसँग छलफल गरेका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया