अर्थ मन्त्रालयको सचिवमा कृष्णहरिको सरुवा, पोखरेल प्रधानमन्त्री कार्यालय तानिए

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई सरुवा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ मन्त्रालयमा सरुवा गरेको हो । पुस्कार यसअघि अर्थ मन्त्रालयको राजश्व सचिव भइसकेको थिए ।

अर्थ मन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

सरकारले सशस्त्र प्रहरीका तीन एआइजीको समेत सरूवा गरेको छ । चन्द्रप्रकाश गौतमलाई मानव स्रोत, बंशी दाहाललाई कार्य विभाग र रामशरण पौडेललाई सीमा विभागमा सरुवा गरेको छ ।

Published : Monday, 2023 September 18, 5:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया