पदक तथा विभुषणमा राज्य व्यवस्था समितिले चासो देखाएपछि सरकार ब्याक

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले पदक तथा विभुषण वितरणमा चासो देखाएपछि सरकार पछाडि हटेको छ ।

समितिका सभापति रामहरि खतिवडाले जथाभावी पदक र विभुषण वितरण नगर्न आग्रह गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालका लागि पदक तथा विभुषण वितरण नगर्ने निर्णय गरेका छन् । सभापति खतिवडाको चासो र आग्रहपछि प्रधानमन्त्री दाहालले मापदण्ड बनाएर पदक तथा विभुषण वितरण गर्ने निर्णय गरेका छन् ।

सभापति खतिवडाले उप–प्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्यसचिव डा.बैकुण्ठ अर्याल र गृहसचिव दिनेश भट्टराईसँग पनि पदक तथा विभुषण वितरणबारे चासो देखाएका थिए ।

सरकारले ७४० जनालाई वितरण गर्नेगरी पदकको प्रोफाइल बनाएको थियो । गृहमन्त्री श्रेष्ठले सो फाइल बोकेर मन्त्रिपरिषद पुगेका थिए । प्रधानमन्त्री दाहाल र सभापति खतिवडाबीच भएको सहमतिमा पदक तथा विभुषण रोकिएको छ ।

Published : Sunday, 2023 September 17, 9:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया