नेम्वाङको निधनबाट असल मित्रलाई गुमाएको छु : सभापतिस देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको भएको आकस्मिक र असामयिक निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।
मंगलबार शोक वक्तव्य जारी गरेर सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणका साथै लोकतान्त्रिक आन्दोलनका विभिन्न चरणमा नेम्वाङले पुर्याएको महत्वपूर्ण योगदान र सहकार्य सधैं अविस्मरणीय रहने बताएका छन् ।
देउवाले भने, ‘उहाँको अवसानबाट मैले एक असल मित्रलाई गुमाएको छु र मुलुकले नेपालको लोकतान्त्रिक आन्दोलनका एक अनुभवी नेता तथा शीर्ष राजनीतिज्ञलाई गुमाएको छ ।’
‘उहाँको निधनले समन्वय र सहमतीय संस्कृतिको नेपाली राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ’, देउवाले भने ।
‘यस दु:खद घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामनाका साथ नेकपा (एमाले) पार्टीपंक्ति र उहाँका शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु’, सभापति देउवाले भने ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया