नेम्वाङप्रति शोक मनाउन कांग्रेसको वीपी साहित्य महोत्सव स्थगित
काठमाडौं । एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएको शोकमा नेपाली कांग्रेसले वीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको छ ।
वीपी साहित्य महोत्सव तयारी समितिले मंगलबारको साहित्यिक महोत्सव स्थगित गरिएको सह–महामन्त्री बद्रीप्रसाद पाण्डेले बताएका छन् ।
संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष नेम्वाङको आकस्मिक निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै कांग्रेसले भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेको छ ।
समितिले नेम्वाङको परिवारजन, नेकपा (एमाले) पार्टी र शोकाकुल सबैमा गहिरो समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
‘संविधान सभाका अध्यक्षप्रति उच्च सम्मान प्रकट गर्दै आज भदौं २६ का लागि निर्धारित वीपी साहित्य महोत्सव २०८० का तेस्रो र अन्तिम दिनको सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्ने निर्णय गरेको छ’, विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया