रवि लामिछानेले स्थापना गरेको ग्यालेक्सी फोरके टेलिभिजनका मालिक पक्राउ

काठमाडौं । पोखरामा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी लिमिटेडका कोषाध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालक संस्था गोरखा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष कुमार रम्तेल काठमाडौंबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकका अनुसार कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडौंबाट पक्राउ गरिएको छ ।

उनीसहित सात जना सहकारीका पदाधिकारीविरूद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

सहकारी अर्का सञ्चालक जीबी राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । उनी ग्यालेक्सी फोर केका सञ्चालक समेत हुन् । रवि लामिछने ग्यालेक्सी फोर के टेलिभिजनका तत्कालीन सञ्चालक पनि हुन् । विगतमा लामिछाने र राईका विज्नेश पाटर्नर हुन् ।

Published : Monday, 2023 September 11, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया