सुन काण्डमा पक्राउ परेकाहरूको रिहाइ मागसहित कर्मचारीहरू आन्दोलित
काठमाडौं । पक्राउ परेका कर्मचारीको रिहाइ मागसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरूले आन्दोलन घोषणा गरेका छन् ।
कानूनबमोजिम असल नियतले गरिएका दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने गरी कर्मचारीहरूको मनोबल गिराउने तथा आत्मसम्मानमा ठेस पुर्याउने गरी विभिन्न निकायबाट निरन्तर हस्तक्षेप भएको भन्दै कर्मचारीहरूले आन्दोलन घोषणा गरेका हुन् ।
उनीहरूले त्यस्तो हस्तक्षेप पूर्ण रूपमा बन्द नभएसम्म दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको भन्दै सामूहिक सरुवाको लागि भन्सार विभागका महानिर्देशकसमक्ष निवेदन दिएका छन् ।
मागको सुनुवाइ नभएको तथा कार्य वातावरण झन् बिग्रँदै गएको भन्दै कर्मचारीहरूले विरोधका कार्यक्रम घोषणा गरेका छन् ।
पछिल्लो समय विमानस्थलको भन्सार पास भई बाहिरिएको तस्करीको ६० केजी सुन पक्राउपछि अनुसन्धानको क्रममा भन्सारका कर्मचारी पक्राउ परिरहेका छन् ।
प्रहरीले विमानस्थलमा कार्यरत कर्मचारीहरूमाथि पनि अनुसन्धान गरिरहेको छ । छानविन भएपछि विमानस्थलमा कार्यरत सबै कर्मचारी आन्दोलित भएका हुन् ।


बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया