कांग्रेसका सह–महामन्त्री यादवमाथि खुकुरी हान्ने सापकोटा को हुन् ? किन गरे अपराध ?
काठमाडौं । आफूलाई कथित अभियन्ता दाबी गर्ने श्याम सापकोटाले नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको खुलेको छ ।
बुधबार काठमाडौंको भृकुटीमण्डपमा पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटाले आफूलाई कथित अभियन्ता बताउने गरेको प्रहरीले जनाएको छ ।
खुकुर प्रहार गर्ने बेला सापकोटाले ‘एमसीसी खारेज गरे’ भनेको प्रत्यक्षदर्शीले बताएका छन् । सापकोटा नुवाकोट जिल्ला निवासी हुन् । उनलाई प्रहरीले पक्राउ गरेर लगेको छ ।
बुधबार दिउँसो रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर निस्कँदै गर्दा सापकोटाले नेता यादवमाथि खुकुरी प्रहार गरेका थिए ।
सह–महामन्त्री यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । यादवको उपचार भइरहेको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया