कांग्रेसका सह–महामन्त्री यादवमाथि खुकुरी प्रहार, श्याम पक्राउ
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।
बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपालमा यादवमाथि नुवाकोट घर भएका श्याम सापकोटाले खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताए ।
साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको छ ।
सह–महामन्त्री यादवलाई उपचारका लागि अस्पताल लगिएको छ । यादवलाई अहिले ट्रमा सेन्टरमा पुर्याइएको छ ।
उनीमाथि नुवाकोटका श्याम सापकोटाले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यादवमाथि खुकुरी प्रहारको कारण खुलेको छैन । प्रहरीले सो विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
Published : Wednesday, 2023 September 6, 2:46 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया