प्रलोभन देखाएर क्रिश्चियन धर्म प्रचार गर्नेलाई कालोमोसो, केटा-केटीको जोडी पक्राउ
काठमाडौं । जनकपुरधाममा विभिन्न प्रलोभन देखाएर क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका केही व्यक्तिलाई स्थानीयले कालोमोसो दलेर प्रहरीमा बुझाएका छन् ।
मंगलबार क्रिश्चियन धर्म प्रचार गर्दै सार्वजनिक रुपमा हिँडेको अवस्थामा जनकपुरधामका केही स्थानीयले एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएका हुन् । स्थानीयले पुरुषलाई कालोमोसो दलेका छन् । महिलालाई भने कालोमोसो दलेका छैनन् ।
मंगलबार बिहान ८ बजेको समयमा जनकपुरको परिक्रमा रोड बल्बा टोलनजिकै जनकपुर ट्रमा सेन्टर हस्पिटल अगाडि ती दुई व्यक्तिलाई नियन्त्रणमा लिएर स्थानीयले कालोमोसो दलेका हुन् ।
‘हिन्दू सम्राट् सेना नेपाल’ नामक हिन्दूवादी समूहका अमित राउत नेतृत्वको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको छ ।
‘हिन्दू धर्मको गलत व्याख्या गर्दै बदनाम गरेर क्रिश्चियन धर्म प्रचार गरेकाले कालोमोसो दलेर प्रहरीमा बुझाइएको उक्त संगठनले जनाएको छ ।
स्थानीयले बुझाएका दुवैजना जिल्ला प्रहरी कार्यालय धनुषामा छन् । धनुषाका डीएसपी वेदप्रसाद गौतमले घटनाका बारेमा आवश्यक अनुसन्धान जारी रहेको बताएका छन् ।
अनुमति नलिएर प्रलोभनमा पारेर क्रिश्चियन धर्म प्रचार गर्न गाउँ गाउँ हिँडेर आतंक नै मच्चाइरहेका बेला जनकपुरमा त्यस्ता व्यक्तिहरूलाई पक्राउ गरेर स्थानीयले प्रहरीलाई बुझाएपछि देशभरि हल्लाखल्ला भएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया