प्रधानमन्त्री दाहालको त्यो अभिव्यक्ति लगत्तै अध्यक्ष ओलीसँग भेटवार्ता
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारमा दाहाल र ओलीबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो ।
दुई शीर्ष नेताबीचको भेटका क्रममा भएको कुराकानीबारे केही खुलेको छैन । उनीहरूका बीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका बारेमा कुरा भएको हुन सक्ने बताइएको छ ।
गठबन्धनको सरकारका विषयमा विभिन्न टिकाटिप्पणीहरू भइरहेका बेला दाहालले ओलीलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेटवार्ता गरेका छन् ।
दाहालले केही दिन अगाडि भ्रष्टाचारका विषयमा कारबाही गर्दा सरकार छाड्न परे पनि केही गुनासो नभएको बताएका थिए । उनले सडकमा हजारौँ मानिस उतारेर जनदवाव दिने पनि बताएका थिए ।
उनीहरूका बीच विभिन्न विधेयकका विषयमा पनि कुराकानी भएको छ । प्रधानमन्त्री दाहालको अमेरिका र चीन भ्रमणका बारेमा समेत सामान्य कुराकानी भएको बुझिएको छ ।
प्रधानमन्त्री दाहाल दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाँदैछन् । भेटघाटपछि अध्यक्ष ओली बालकोटतिर लागेका छन् । प्रधानमन्त्री दाहाल नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भएको एक कार्यक्रममा सहभागी भएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया