कांग्रेसद्वारा पाण्डेको संयोजकत्वमा मूल समिति गठन, को–को छन् सदस्य ?
काठमाडौं । नेपाली कांग्रेसले वीपी साहित्य महोत्सव मूल तयारी समिति गठन गरेको छ ।
सोमबार जारी विज्ञप्तिअनुसार भदौ २४, २५ र २६ गते वीपी साहित्य महोत्सवको आयोजना हुनेछ । महोत्सव सम्पन्न गर्न पार्टीका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल तयारी समिति गठन भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८० साउन २ देखि १० गते सम्पन्न बैठकले केन्द्रीय कार्यालयको प्राङ्गणमा महोत्सव गर्ने निर्णय गरको थियो ।
समितिको सदस्यहरूमा पुष्पा भुसाल, मीन विश्वकर्मा, डिला संग्रौला, योगेन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य, अब्दुल सत्तार, नैनसिंह महर, राजीव ढुंगाना रहेका छन् ।
त्यसै गरी दिलमान पाख्रिन, प्रकाश रसाईली स्नेही, रंगमती शाही, हरिशरण नेपाली, गोविन्दराज पोख्रेल, नानु बास्तोला, नृपबहादुर वड, विद्यादेवी तिमल्सिना, सीता थपलिया ‘उर्मिला’, इन्द्रबहादुर बानियाँ, दुर्लभ थापा, कृष्ण बानियाँ ‘सबुज’लाई पनि सदस्यमा मनोनयन गरिएको छ ।
जीतेन्द्र श्रेष्ठ, तीर्थबहादुर श्रेष्ठ, श्रवण मुकारूङ, नवराज लम्साल, रत्नमणि नेपाल, शैलेन्द्रप्रकाश नेपाल, सन्ध्या पहाडी, सोझो गाउँले, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, प्रकाश लामिछाने, तीर्थबहादुर थापा, गोकुल लिम्बू, परसुराम पोखरेल, राजेन्द्र पराजुली र प्रताप पौडेल पनि समितिको सदस्य रहेका छन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया