चौबीस घण्टा हुनै लाग्दा पनि नारायणकाजीसहित यी ३ नेताले राजीनामा दिएनन्
काठमाडौं । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौतालाई लिएर गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसहित ३ नेताले पार्टी छाड्ने घोषणा गरेका थिए ।
एमसीसीको कार्यक्रम बुधबारदेखि औपचारिक रुपमा कार्यान्वयनमा गएको छ । बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डबीच सम्झौता भएको छ ।
तत्कालीन समयमा माओवादीका नेताहरू श्रेष्ठ, लीलामणि पोखरेल र लेखनाथ न्यौपानेले एमसीसी सम्झौतामा संलग्न वा औपचारिक रुपमा कार्यान्वयन भयो भने एक मिनट पनि पार्टीमा नबस्ने घोषणा गरेका थिए । एसमीसी सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको २४ घण्टा पुग्ने क्रममा छ । तर, श्रेष्ठ, पोखरेल र न्यौपानेले अहिलेसम्म माओवादी केन्द्र छाडेको घोषणा गरेका छैनन् ।
पूर्वमाओवादी नेता तथा वामबुद्धिजीवी मुमाराम खनालले श्रेष्ठ, पोखरेल र न्यौपानेलाई विगतमा उनीहरूले एमसीसीलाई लिएर गरेको घोषणा स्मरण गराइदिएका छन् । खनालले ट्वीट गरेर श्रेष्ठ, पोखरेल र न्यौपानेलाई अहिले कुन पार्टीमा छन् ? भनेर व्याङ्ग्यात्मक प्रश्न गरेका छन् ।
वामबुद्धिजीवी खनालले भने, ‘अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता औपचारिक रुपमा आज (बुधबार)बाट शुरु हुँदैछ ।’
‘तर यो सम्झौतामा माओवादी संलग्न भयो भने एक मिनेट पनि पार्टीमा नबस्ने घोषणा गरेका नारायणकाजी श्रेष्ठ, लीलामणि पोख्रेल र लेखनाथ न्यौपाने अहिले कुन पार्टीमा छन् ?’, खनालले प्रश्न गरेका छन् ।
माओवादीका नेता श्रेष्ठ सरकारमा उप-प्रधान तथा गृहमन्त्री छन् । पोख्रेल र न्यौपाने माओवादी पार्टीमा सक्रिय छन् । उनीहरूले एमसीसीका विषयमा एकशब्द पनि बोलेका छैनन् ।
सत्ता पाउनेवित्तिकै आफूले बोलेका र घोषणा गरेका कुरा भुल्ने श्रेष्ठ झण्डा हल्लाउँदै यता र उता गरिरहेका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छन् । दाहालले नै एमसीसीलाई कार्यान्वयनको चरणमा अगाडि बढाएका छन् ।
सार्वजनिक खपत र सस्तो लोकप्रियताका लागि श्रेष्ठ, पोखरेल र न्यौपानेहरूको ताण्डव नृत्यको हैसियत देखिएको छ ।
एमसीसीले देशको विकास गर्नेछ । त्यो विकासलाई रोक्न श्रेष्ठ, पोखरेल र न्यौपानेले अनेक हर्कत गरेका थिए । अहिले आफ्नै सरकारले एमसीसी कार्यान्वयन गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया