सभापति लिँदा सत्ता गठबन्धनसँग सहमति भएको छैन : राजेन्द्र लिङ्देन
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेन नगरेको बताएका छन् ।
मंगलबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै लिङ्देनले आफूहरूको दलको हैसियत अनुसार संसदीय समितिको सभापति पद लिएको बताए ।
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच भएको भागवण्डामा आफूले पाएको पूर्वाधार विकास समितिको सभापति माओवादी केन्द्रले अन्तिम समयमा राप्रपालाई दिएको छ ।
सभापति दिने क्रममा कोशी प्रदेशमा सभामुख र एउटा मन्त्री लिएर कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सहमति भएको कुरा बाहिर आएका बेला अध्यक्ष लिङदेनले कुनै सहमति नभएको बताएका छन् ।
Published : Tuesday, 2023 August 29, 11:08 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया