सभापति खतिवडालाई रवि लामिछानेले अंगालो हालेर बधाइ दिए
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले बधाइ दिएका छन् ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा जेष्ठ सांसद जनमोर्चाका चित्रबहादुर केसीले सभापतिमा सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नेवित्तिकै सभापति लामिछानेले खतिवडालाई बधाइ तथा कार्यकालको शुभकामना दिएका हुन् । लामिछानेले भने, ‘फेरि एक पटक कार्यकालको शुभकामना र बधाइ छ ।’
जवाफमा सभापति खतिवडाले लामिछानेलाई धन्यावाद दिए । खतिवडाले भने, ‘म सभापति बन्नुमा तपाईको पनि सहयोग र भूमिका छ । विशेष धन्यावाद छ ।’
रास्वपाले कांग्रेसका सभापतिका उम्मेदवार खतिवडालाई समर्थन गरेर सहमतिको राजनीतिको संस्कार देखाएको छ । कांग्रेसले पनि रास्वपाको गुन मानेको छ । समितिको सभापतिमा खतिवडालाई सबै राजनीतिक दलहरूले समर्थन गरेका छन् ।
खतिवडा र लामिछानेबीच बेलाबेला संसदका साथ विभिन्न मञ्चहरूमा आलोचना हुने गरेका थिए । तर, सोमबारको समितिको बैठकमा खतिवडा र लामिछाने निकै घनिष्ट देखिएका थिए । बधाइ तथा शुभकामना दिने क्रममा खतिवडा र लामिछानेले हात मिलाउनुका साथै एकअर्कालाई अँगालो हालेका थिए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया