अध्यक्ष गुरुङद्वारा तरुण दलका पूर्वमहासचिवप्रति श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाल तरुण दलका पूर्व महासचिव तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य डा.राजाराम कार्कीप्रति नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
बिहीबार सानेपास्थित कांग्रेसको पार्टी कार्यालयमा अध्यक्ष गुरुङले स्व.कार्कीको पार्थिव शरीरमा तरुण दलको झण्डा ओढाएर स्मरण गरेका हुन् । अध्यक्ष गुरुङले पूर्वमहासचिव कार्कीले तरुण दलको संगठन निर्माणमा गरेको कामको स्मरण गरेका छन् ।
स्व.केसीको श्रद्धाञ्जलि कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।
Published : Thursday, 2023 August 24, 11:33 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया