राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालको आकस्मिक भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
बिहीबार साँझ शीतल निवासमा पौडेल र दाहालबीच भेटवार्ता भएको हो । भेटमा समग्र राजनीतिक अवस्थाका विषयमा छलफल भएको बुझिएको छ ।
सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संसद् अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेललाई भेट गरेका छन् ।
राष्ट्रपतिको सचिवालयले भने यो भेटलाई नियमित भेटवार्ता रहेको जनाएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रपति दाहालसमक्ष विश्व खाद्य कार्यक्रमबारे ब्रिफिङसमेत गरेका छन् ।
प्रधानमन्त्री दाहाल यही साउनको पहिलो साता इटालीमा संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनको मुख्यालयले आयोजना गरेको कार्यक्रम सहभागी भइ फर्किएका थिए ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया