हामीले समावेशी संविधान लेखेका छौँ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी संविधान बनाउने नेतृत्व गर्ने कांग्रेस समावेशिताको पक्षमा रहेको बताएका छन् ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले २९औँ विश्व आदिवासी दिवसको सन्दर्भमा गरेको कार्यक्रममा देउवाले नेपाल प्राकृतिकरुपमा मात्रै नभएर जातजाति, भाषाभाषी र संस्कृतिका आधारमा पनि विविधतायुक्त रहेको बताए ।
सभापति देउवाले आदिवासी जनजाति समुदायका विभिन्न झाँकीहरू हेरेपछि आफूलाई नेपाल निकै सुन्दर रहेको अनुभूत भएको बताएका छन् ।
‘नेपाल प्राकृतिकरुपमा मात्रै होइन, जातजाति, भेषभूषा र कला संस्कृतिले पनि भरिपूर्ण छ’, उनले भने, ‘यी सबै कुराहरू हाम्रो देशका सम्पत्ति हुन् ।’
सभापति देउवाले भने, ‘हामीले यी सबै कुरालाई संरक्षण र संवर्धन गर्दै बहुसांस्कृतिक देशका रुपमा नेपाललाई चिनाउन सक्छौँ ।’
उनले कांग्रेस सधैँ समावेशिताको पक्षमा रहेको बताएका छन् । ‘हाम्रो देशै यस्तो छ, हामीले समावेशी संविधान लेखेका छौँ’, देउवाले भने, ‘त्यहीअनुसार हाम्रो पार्टी पनि समावेशी बनेको छ । अनि हामी पनि समावेशिताको पक्षमा उभिएका छौँ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया