रास्वपाद्वारा पहिलो पटक एमालेको विरोध, के छ योजना ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार र प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधि सभालाई बन्दी बनाएको आरोप लगाएको छ ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उच्चस्तरीय छानबिन समिति बनाउन नचाहने सरकार र बनाउनैपर्ने प्रमुख प्रतिपक्षी दलको अडानले संसद बन्दी बनेको बताएका छन् ।
उनले भने, ‘सरकार उच्चस्तरीय छानबिन समिति बनाउन नचाहने, प्रमुख प्रतिपक्ष दल उच्चस्तरीय नबनेसम्म संसद चल्न नदिने अडान लिएर बसेका छन्, यसले हाम्रो आवाज सुनिएको छैन ।’
‘सरकार सरकारीस्तरबाटै छानबिन गर्ने पक्षमा रहेको बुझिन्छ’, परियारले भने, ‘हामीले सरकारले सुन प्रकरणमा जरासम्म अनुसन्धान गरोस् भनेका छौं, सरकार र प्रतिपक्षको द्वन्द्वमा संसद बन्दी भएको छ ।’
प्रमुख सचेतक परियारले सरकार पक्ष र प्रमुख प्रतिपक्षको पेलानमा आफूहरू परिरहेको बताएका छन् ।
रास्वपाले पहिलो पटक एमालेको विरोध गरेको छ । एमालेसँग नरम रहेको रास्वपाले एमालेका नेताहरूको गतिविधिप्रति आलोचना गरेको छ ।
सत्ता पक्षसँग लचक देखिएको रास्वपाको भावी योजना के छभन्ने विषयमा विभिन्न खालका अड्कलबाजी शुरु भएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया