महामन्त्री थापाको अहँकारपूर्ण अभिव्यक्ति, धरान काण्डको कुरा खोइ ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूभन्दा अरु कोही पनि जान्ने र सुन्ने छैन भन्ने सन्देश दिएका छन् ।
सोमबार सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना आलोचकहरुलाई निर्मम रुपमा आलोचना गरेका छन् । थापाले आफूले गरेका मात्रै काम राम्रो अरुले दिएका सुझाव सामान्य भन्ने सन्देश दिएका छन् ।
महामन्त्री थापाले २०८२ सालभित्र महाधिवेशन गर्न माग गरेका छन् । उनले आफूलाई अहिले पनि कांग्रेसको नेतृत्व लिन अतुर रहेको र जसरी पनि लिन तयार रहेको सन्देश दिएका छन् ।
निकै अहँकारी र अहमतापूर्ण अभिव्यक्ति दिएका थापाले आफ्ना आलोचकहरुलाई सहन नसक्ने सन्देश दिएका छन् ।
महामन्त्री थापाले भ्रष्टाचारका विषयमा कुरा उठाएका छन् । तर, उनले आफू स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका बेला मन्त्रालयमा भएका अनियमितता, भ्रष्टाचार, नियुक्ति आदिका विषयमा केही पनि बोलेका छैनन् । थापा स्वास्थ्यमन्त्री बनेका बेला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति नियुक्तिका विषयमा भएको काण्डका बारेमा केही बोलेका छैनन् ।
मन्त्री बन्न नपाएको झोँक पनि महामन्त्री थापाले निकालेका छन् । उनले आफू सभापतिसहितका सबै नेताहरुले जानकारी गराउन निर्देशन दिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया