सभापति देउवाले बोलाए पदाधिकारी र शीर्ष नेताहरू
काठमाडौं । केन्द्रीय कार्यसमितिको बैठकको तयारी स्वरुप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।
सभापति देउवाले धुम्बाराहीमा सोमबार अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाएका हुन् । कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारी बैठक सोमबार बस्ने तय भएको जनाएको छ ।
मंगलबारदेखि केन्द्रीय कार्यसमिति बैठक सुरू हुँदैछ । केन्द्रीय समिति बैठक बस्नुअघि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् ।
कांग्रेस केन्द्रीय समिति बैठक एक वर्षपछि साउन २ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
नीति महाधिवेशन र राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियानजस्ता विषयमा केन्द्रीय समितिमा छलफल हुनेछ ।
Published : Sunday, 2023 July 16, 8:32 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया