रास्वपाका सभापति लामिछानेसहित राप्रपाका सांसदहरूले चिसोपानीले नुहाए, केटाकेटी पारा देखाए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका कारण प्रतिनिधिसभाको बैठक केही समय प्रभावित बनेको छ ।
रास्वपाका संसदीय दलका नेता रवि लामिछानेसहितका सांसदहरू र राप्रपाका सांसदहरूले आ–आफ्नो सिटमा उभिएर अबरोध गरेका थिए । रास्वपा र राप्रपाका सांसदको अवरोधपछि बाध्य भएर सभामुख देवराज घिमिरेले बैठक १५ मिनटका लागि स्थगित गर्नु परेको थियो ।
रास्वपाका संसदीय दलका नेता लामिछानेसहितका सांसदले संसदीय प्रक्रिया नबुझेपछि सदनमा विरोध मात्रै गरेनन् रोष्टममा पुगेर नारावाजी समेत गर्न भ्याएका छन् । सभामुखले पटक पटक नियमावलीका बारेमा जानकारी गराउँदा पनि
लामिछानेसहितका नेताहरूले मानेका थिएनन् । पछि रास्वपाका सांसदहरू चिसोपानीले नुहाउन बाध्य भएका छन् । अर्थात संसद चल्न दिन बाध्य भएका छन् ।
स्थगित भएको बैठक पुन: केही समयपछि शुरु भएको थियो । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई बैठकमा पेस गरेपछि सो पार्टीले विरोध जनाएको हो ।
रास्वपाका सांसदहरू आसनबाट उभिएर विरोध जनाएपछि सभामुख घिमिरेले सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिएका थिए । परियारले सो विधेयक सभामुखबाट निर्णयार्थ प्रस्तुत नभएको भन्दै आपत्ति जनाएका थिए ।
सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार नै प्रक्रिया बढाएको जानकारी गराए । रास्वपाका सांसदले विरोध जनाइरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले भने, ‘रोस्ट्रममा उभिएका मन्त्रीलाई आसन ग्रहण गर्न सभामुखले जब निर्देशन दिनुभयो, तब केही सांसदहरू रोस्ट्रम घेर्न पुग्नुभयो !’
‘सुन्नमा या बुझ्नमा के मा कमजोरी भयो थाहा भएन । तर, आज अचम्मको दृश्य देखियो संसदमा’, सांसद शर्माले भनेका छन् ।
‘संसदलाई सार्थक थलो बनाउन संयम र परिपक्वता साथ गम्भीर विमर्श जरुरी देखियो’, कांग्रेसका सांसद शर्माले भनेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया