सपनाको आदेशले एमालेले जिल खायो, कांग्रेस खुसी
काठमाडौं । कोशी प्रदेशको सरकार गठनका विषयमा एमालेले माग गरेअनुसारको आदेश सर्वोच्च अदालतबाट नपाएपछि तनाब भएको छ ।
बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले एमालेले माग गरेअनुसारको अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
प्रधानले दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न प्रधानले कोशी प्रदेश सरकारलाई आदेश दिएकी छिन् । साउन ७ गतेदेखि निरन्तर सुनुवाई गरेर निर्णयार्थ पेश गर्नसमेत आदेश दिइएको छ ।
आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा, प्रस्तुत मुद्दामा तत्कालै लिखित जवाफ पेश गर्ने र इजलासबाटै निर्णयार्थ सुनुवाईको मिति तोकिएको हुँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू, नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम प्रत्यर्थीहरूको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ ।’
नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने क्रममा सभामुख समेत रहेका माओवादी केन्द्रका सांसद बाबुराम गौतमको हस्ताक्षर लिएको विषयलाई एमालेले विवाद बनाएको छ ।
न्यायाधीश प्रधानको आदेशले कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति तत्कालका लागि जोगिएको छ ।
मुख्यमन्त्री थापालाई कोसी प्रदेशको मुख्य मन्त्रीमा नियुक्ति गर्ने सन्दर्भमा पेश भएका प्रस्ताव, समर्थन, दाबी, हस्ताक्षरलगायतका सम्पूर्ण कागजातसहित प्रदेश प्रमुखको मिति २०८० असार २१ को निर्णयको सक्कल फाइल कोशी प्रदेश प्रमुखको कार्यालयबाट साउन ३ गतेभित्र झिकाउन सर्वोच्चले आदेश दिएको छ ।
आदेशमा भनिएको छ, ‘साउन ७ गतेको पेशी तोकी पेशीको जानकारी निवेदक तथा महान्यायाधिवक्ता/मुख्य न्यायाधिवक्ता कोशी प्रदेशलाई दिई प्रस्तुत मुद्दा सो मितिदेखि निरन्तर सुनुवाईमा राखी निर्णयार्थ पेश गर्नू ।’
एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले रिट दिएका थिए ।
रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङग, मुख्यमन्त्री थापा, सभामुख गौतमलाई प्रतिवादी बनाइएको छ । कांग्रेसका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टी (जसपा) का १ जना प्रदेशसभा सदस्य तथा सभामुख बाबुराम गौतमसमेतको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया