बक्र ईदले नेपाली समाजमा धार्मिकसंहिष्णुता र सदभावना बढाएको छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बकर ईद अर्थात ईद उल अजहाको अबसरमा शुभकामना दिएका छन् ।
सभापति देउवाले बिहीबार शुभकामना सन्देश जारी गरेर मुस्लिम समुदायको बक्र ईदको अवसरमा शुभकामना प्रदान गरेका हुन् ।
देउवाले भनेका छन्, ‘नेपाल प्राचीनकालदेखि विभिन्न जात, जातीहरूको बसोबासको संगमस्थल रहेकोले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाँडपर्वहरूको आफ्नो बेग्लै विशेषता छ र सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ ।’
‘इस्लाम धर्मावलम्बीहरूले बक्र ईद अर्थात ईद उल अजहालाई पवित्र पर्वका रुपमा मनाउँदै आएका छन्’, देउवाले भने, ‘यो पर्वले नेपाली समाजमा धार्मिकसंहिष्णुता र सद्भावना बढाउँदै आएको छ ।’
उनले भने, ‘यो पर्वले मुलुकमा शान्ति, सदभाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु ।’
‘बकर ईद (इद उल अजहा)ले सम्पूर्ण जातजाती तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना प्रकट गर्दछु’, सभापति देउवाले भनेका छन् ।
नेपाल सरकारले बक्र ईदका अवसरमा बिहीबार देशभरि सार्वजनिक विदा दिएको छ । मुस्लिम समुदायले बक्र ईद अर्थात इद उल अजहा विशेष हर्षोल्लासका साथ मनाएका छन् ।
विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । ईद उल अजहाको अवसरमा नेपाल सरकारले बिहीबार सार्वजनिक विदा समेत दिएको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया