‘उकालो’का प्रधान सम्पादकले दिए राजीनामा, किन हातधोएर लागे ठूला व्यापारिक समूहविरुद्ध बुद्ध एयरका मालिक ?
आफ्नै लगानीको वेबपोर्टलबाट चरित्र हत्या
काठमाडौं । बुद्ध एयरबाट पैसा लिने र बाँकी सबै उद्यमी व्यवसायीका विरूद्ध विषवमन गरेर समाचार लेख्ने ‘उकालो’ अनलाईनका प्रधान सम्पादक अजयभद्र खनालले राजीनामा दिएका छन् ।
देशको लोकतान्त्रिक पद्धतिलाई संथागत गर्न सहयोग पुर्याउने सोंच सहित ‘उकालो’ अनलाईनको डिजाइन गरेका वरिष्ठ पत्रकार खनाल आफैले बनाएको ‘अराजक टिम’को शिकार भएको चर्चा बजारमा छ ।
खनालले राजनीतिक, आर्थिक र कुटनीतिक क्षेत्रमा सुधारका लागि अनलाईन मार्गदर्शक बन्ने गरि काम गर्न भनेर एक वर्षसम्म आफ्नो टिमलाई गाइड गरे पनि ‘उकालो’मा कार्यरत पत्रकारहरू आफ्ना निहीत स्वार्थपूर्तिका लागि देशका प्रतिष्ठित उद्यमी व्यवसायीका विरुद्ध हातधोएर लागेपछि हैरान भएर राजीनामा गरेको थाहा भएको छ ।
खनालले आफ्नो सोंच विपरित व्यक्ति केन्द्रित अराजक स्टोरीहरूमा मात्रै ध्यानदिने टिमलाई नेतृत्व दिएर आफ्नो करियर नै बदनाम हुनबाट जोगाउनका लागि राजीनामा गरेको निकटस्थहरूलाई सेयर गरेको बुझिएको छ ।
खानालको टिममा रहेका सुजित महत, सुनिता साख:कर्मी, रामेश्वर बोहोरा र केसु लामिछानेका गतिविधिलाई रोक्न नसकेपछि खनाल हैरान भएर आफै राजीनामा दिएर बाहिरिएको चर्चा छ ।
प्रधान सम्पादक आफू भए पनि उनीहरूलाई कसले परिचालन गरेको छ ? भन्नेमै खनाल अन्यौलमा रहेको बताइन्छ । खनालले प्रधान सम्पादकबाट राजीनामा दिए पनि ‘उकालो’को व्यवस्थापनले वेबसाइटबाट नाम र तस्बिर हटाएको छैन ।
बुद्ध एयर र ‘उकालो’का सञ्चालक के कारणले अराजक समूहको फन्दामा परेर देशका प्रतिष्ठित उद्यमी व्यवसायीको विरुद्धमा उत्रिएका हुन् भन्ने बारेमा पनि ब्यापक चर्चा शुरु भएको छ ।
यती एयर लाइन्ससँगको प्रतिस्पर्धामा कडा संघर्ष गरिरहेको बुद्ध एयरले ठूला व्यापारिक समूहविरुद्ध ‘उकालो’ अनलाईनमार्फत खुलेरै गतिविधि गरेको छ ।
बुद्ध एयरका मालिक अर्थात कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतको लगानी रहेको वेबपोर्टलले नाम चलेका केही ठूला व्यापारिक समूहविरुद्ध निरन्तर समाचार लेखिरहेको छ ।
बुद्ध एयरका मालिककै निर्देशनमा ठूला व्यापारिक घरानाविरुद्ध समाचार लेखाएको आरोप छ ।
बुद्ध एयरका मालिक आफू पनि सिसाको घरमा बसेका छन् । आफै सिसाको घरमा बसेर अर्कोलाई सडकबाट ढुंगा हान्न थालेपछि रहस्यको विषय बनेको छ ।
सिसाको घरमा बसेर बस्नेतले ठूला व्यापारिक समूहविरुद्ध ढुंगा हानेपछि बस्नेतले तयार पारेका सिसाको घरमा पनि भुइँचालो आउन सक्छ ।
ठूला व्यापारिक समूहसँग बुद्ध एयरका मालिक बस्नेतको के को दुश्मनी छ ? र, किन ठूला व्यापारिक घरानाविरुद्ध समाचार लेखाइरहेका छन् ? खोजीको विषय बनेको छ ।
ठूला व्यापारिक समूहले प्रगति गरेको कुरा बुद्ध एयरका मालिक बस्नेतलाई मन परेको छैन ।
बुद्ध एयरका मालिकको लगानी रहेको ‘उकालो’ अनलाइनले कुनै पनि विज्ञापन हाल्दैन । विज्ञापन नै नहाल्ने अनलाइन कसरी चलिरहेको छ ? प्रश्न उठेको छ । अनलाइन चन्दाबाट चल्ने भनिएको छ ।
बुद्ध एयरका मालिकको लगानी रहेको ‘उकालो’ अनलाइनमा कालोधनको लगानी भएको त छैन ? प्रश्न उठेको छ ।
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको लगानी रहेको अनलाइनले निरन्तर ठूला व्यापारिक समूहविरुद्ध चरित्र हत्या गर्न किन लागेको छ ? भनेर प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
बस्नेत सम्पर्कमा आउन चाहेनन् । पटक–पटक सम्पर्क गरेर प्रतिक्रिया लिन खोज्दा मिटिङमा रहेको सूचना फोन उठाउने व्यक्तिले दिएका छन् । कहिले पिएलाई सोध्नुपर्छ, कहिले कसलाई सोध्नुपर्छ भनेर पन्छाउने कार्य भएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया